काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सत्ता गठबन्धनका षड्यन्त्रपूर्ण कदमविरुद्ध गम्भीर प्रतिवाद गर्ने भएको छ
सत्ता गठबन्धनले न्यायपालिकामाथि आक्रमण गरि स्थानीय तहको निर्वाचन नगर्ने र देशलाई अस्थिरताको दिशातर्फ लैजाने थालेको भन्दै गम्भीर प्रतिवादको तयारीमा एमाले लागेको हो ।
एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गर्ने कार्य न्यायपालिका र लोकतन्त्रविरद्धको षडयन्त्रपूर्ण कदम भएको ठहर गरेको छ ।
आकस्मिक बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याइएको ठहर गर्दै प्रतिवाद सम्बन्धि निर्णय गर्न भोलि सोमबार संसदीय दलको बैठक बोलाएको छ ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताउनुभयो।
खबर बजार । १ फाल्गुन २०७८, आईतवार २०:४८