काठमाडौं । लोसपा नेता राजेन्द्र महतो पार्टीबाट निष्काशित हुनुभएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएसँगै आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उहाँ स्वत: निष्काशित हुन पुगेको जानकारी गराउनु भएको हो ।
महतोले नयाँ राजनीतिक अभियानमार्फत अघि बढ्ने घोषणा गरिसक्नु भएको छ । महतोले आफ्नो अभियानलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्ने बताइएको छ ।
खबर बजार । ९ चैत्र २०८०, शुक्रबार १६:४७