

काठमाण्डौ । भुटानी नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुमा समस्या देखिएपछि उपचार भइरहेको छ । रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा डाक्टरको निगरानीमा राखिएको प्रशासनले जनाएको छ ।
रायमाझीको मुटुमा समस्या भएपछि हिजो भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताउनुभयो ।
अहिले रायमाझीको मुटुको इसिजी गरेर डाक्टरको निगरानीमा राखिएको छ । स्वास्थ्यमा ठूलो समस्या नभए पनि मुटुको चाल कम भएको डाक्टर पौडेलले बताउनुभयो ।

खबर बजार । १५ चैत्र २०८०, बिहीबार ११:५४