लुम्बिनीको मुख्यमन्त्रीमा जोख बहादुर महरा नियुक्त

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त हुनु भएको छ । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महराले ४४ सांसदको हस्ताक्षरसहित सरकार गठनको लागि दाबी पेस गर्नु भएको थियो । महरालाई एमालेसहितका सत्ता गठबन्धनका दल र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

महरालाई आइतबार दिउँसो १ मुख्यमन्त्री पदको शपथ खुवाइने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।