मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना बढ्योः अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना बढेको बताउनु भएको छ ।

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री प्रचण्ड आफैंले सत्ता समीकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘ ‘दलहरुको बीचमा जुन प्रकारको प्रतिद्वन्द्विता, प्रतिष्पर्धा र अविश्वसनीयताहरु बढ्दै गएका छन् । रातभरमा नै दलहरुले समीकरण परिवर्तन गर्ने, आज यता समर्थन गरेको दलले भोली उतातिर गर्ने मात्रै होइन, प्रधानमन्त्री आफैँ समिकरण परिवर्तन गर्दै हिँड्ने । यस्तो प्रकारको जुन गतिविधिहरु बढिराखेको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलहरुका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उहाँको भनाइ छ ।