

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयमा सत्ता गठबन्धनभित्रै मत विभाजित भएपछि अब निर्णायक बैठक बस्ने भएको छ ।
गठबन्धनमा आवद्ध दलहरुले यसअघि बसेका गठबन्धनका बैठकमा एउटा कुरा गर्ने र बाहिर अर्को हल्ला फैलाउन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक बैठक बोलाउनुभएको हो ।
प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज छलफल गरेर एमसीसीबारे गठबन्धनभित्र निर्णायक छलफल गर्ने सहमति जुटाउनुभएको छ ।
एमसीसीबारे छलफल गर्न भोलि विहीबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ ।

खबर बजार । ४ फाल्गुन २०७८, बुधबार १४:०३