काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अबरोधकै बीच प्रतिनिधि सभा बैठक केही समय बसेर स्थगित भएको छ ।
अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएर प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेस गर्नुभयो ।
यसैगरी दिवङ्गत सांसदहरु जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डाक्टर दुमन थापाप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।
खबर बजार । ४ फाल्गुन २०७८, बुधबार १४:११