

दैलेख । गुराँस गाउँपालिका ३ नम्बर वडाले आर्थिक वर्ष २०८१/८२ को पहिलो अर्ध बार्षिक सार्वजनिक सुनुवाइ गरेको छ । वडामा ६ महीना भरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।
वडाका वडा अध्यक्ष,वडा सचीव र वडा प्राविधिकले अर्ध बार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं वडाको सेवा, वडामा संचालित आयोजनाको विषयमा सवाल जवाफ भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममको उद्घाटन वडा अध्यक्ष कांशिराम शर्माले गर्नुभएको थियो । वडा अध्यक्ष शर्माले हरेक निकाय पारदर्शी हुनुपर्ने भन्दै ३ न. वडाले सार्वजनिक सुनुवाइ गरेको र कार्यक्रमले आफुलाई अझै धेरै काम गर्ने उर्जा दिनेमा आशावादी रहेको बताउनु भयो ।
सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले वडाकोको बजेट, संचालित आयोजना तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गुराँस गाउँपालिका ३ न. वडाले गरेको थियो र कार्यक्रमको सहजीकरण स्टार इन्नोभेसन एन्ड रिसर्च सेन्टर प्रा. लि. ले गरेको थियो ।

खबर बजार । ६ माघ २०८१, आईतवार २१:४९