आसन ग्रहण गर्न लडाइ गर्ने नेताहरुलाई छाप हाल्न नआउनु सुहाउदो हुदैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताउनु भएको छ । यसका लागि हरेक सांसद र प्रदेशसभा सदस्यले अर्काे एक/दुई जनालाई मिलाउनुपर्ने उनले बताए ।

एमाले सांसद तथा प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले सामान्य हिसाबमा एमालेको शक्ति कमजोर रहेको बताउनु भयो । तर शाक्यले जित्नैपर्ने भन्दै उहाँले भन्नुभयो, ‘यसका लागि सबै पार्टीसँग कुरा गरिरहेका छौं । तपाईंहरुले पनि एकदुई जना मिलाउनुस्, अरुलाई पनि मिलाउनुस् । यसमा ह्वीप उल्लंघनको प्रश्न छैन ।’

उहाँले सांसद र प्रदेशसभा सदस्यको मत बदर हुन नहुने बताउनु भयोे । उहाँले भन्नुभयो, ‘मत बदर हुनु भनेको कि त बेइमानी गरेको हो, कि भोट हाल्न आउँदैन ।’ आसन ग्रहण गर्न लडाइ गर्ने नेताहरुलाई छाप हाल्न नआउनु सुहाउदो नहुने ओलीले बताउनु भयो ।