

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबार प्रदर्शनमा पक्राउ परेका सातै जनालाई प्रहरीले छाडेको छ ।
नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पु¥याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले बताउनु भयो ।
छुट्नेहरुमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल छन् ।
उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।

खबर बजार । ७ बैशाख २०८२, आईतवार १८:१४