जुम्लाको सिञ्जा गाउँपालिकामा एक घर एक धारा कार्यक्रम शुरु

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका सबै वडामा एक घर एक धारा निर्माणको लागि काम शुरु गरिएको छ ।
पालिकाको वडा नम्बर १ मा एक करोड ७३ लाख ८३ हजार लागनीमा खानेपानी आयोजना निर्माणको ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।
वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो ।
सङ्घीय सरकारको विशेष अनुदानबाट सिञ्जाका सबै गाउँमा पाँच वर्षभित्र खानेपानी पुर्याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो ।
यो आर्थिक वर्षको असारभित्र खानेपानी आयोजना निर्माण सम्पन्न हुनेगरी काम थालिएको छ ।
वडा नं ३ मा सुस्वा परियोजनाबाट एक घर एक धारा खानेपानी आयोजनाको कामसमेत अगाडि बढेको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।
नीति तथा कार्यक्रममा खानेपानीलाई विशेष प्रथामिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको बताइएको छ ।