

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आइतबार प्रतिनिधि सभामा टेबुल गर्ने तयारी गरेको छ ।
सरकार (खासगरी नेपाली काँग्रेस)ले शुक्रबारकै बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेको भए पनि गठबन्धनमा कुरो नमिलेपछि आइतबारको लागि तयारी गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच शुक्रबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले जनजाती आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
लगत्तै, अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभयो ।

खबर बजार । ६ फाल्गुन २०७८, शुक्रबार १३:४९