
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनलाई लक्षित गरि वाचापत्र लेखनको काम शुरू गरेको छ । फागुनको पहिलो हप्ता सार्वजनिक गर्नेगरि वाचापत्र लेखनको काम शुरू भएको रास्वपाले जनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उपसभापति डा. स्वर्णिम वाग्ले सहितको टिमले वाचापत्र लेखन कार्य जारी रहेको प्रवक्ता मनिष झाले बताउनुभयो ।
रास्वपाले वाचापत्र लेख्नको लागि वाग्ले, डा. नन्दन यादव, डा. अरनिको पाण्डेलगायतको संलग्नतामा ‘वाचापत्र मस्यौदा कार्यदल’ बनाएको छ ।




खबर बजार । १३ माघ २०८२, मंगलवार १९:५८