
काठमाडौं । विभिन्न २१ व्यक्ति तथा संस्थाले निर्वाचन आचार संहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार केन्द्रिय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको हो । जसमध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको उहाँले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
आयोगले आचारसंहिता उल्लंघनका घटनाको अध्ययन र विश्लेषण गर्न कार्यदल गठन गरेको छ । कार्यदलले सोधिएको स्पष्टीकरणमा जवाफ पठाएकाहरुलाई कारबाही गर्ने वा नगर्ने निर्णय गरेर केन्द्रीय आचारसंहिता अनुगमन समितिमा सिफारिस गर्ने उहाँले जानकारी दिनुभयो ।




खबर बजार । १८ माघ २०८२, आईतवार १९:१५