बाख्रा चराउन गएका वृद्धको भीरबाट लडेर मृत्य

सल्यान । भीरबाट लडेर सल्यानमा वृद्धको मृत्यु भएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीका ७४ वर्षीय कल्चे डाँगीको गाउँ नजिकै रहेको भाँक्रेबारीमा भीरबाट लडेर मृत्यु भएको हो ।


हिजो दिउँसो बाख्रा चराउन गएका वृद्ध डाँगी लडेर घाइते हुनुभएको थियो । घाइतेको सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।

डाँगीको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।