नेपालले वानखेडे रंगशालामा खेल्ने 

काठमाडौं । नेपालले टी–२० विश्वकपअन्तर्गत समूह चरणका सबै खेल भारत मुम्बईको वानखेडे रंगशालामा खेल्ने भएको छ ।

सन् १९७४ मा निर्माण गरिएको यो रंगशालाको पीच सामान्यतया ब्याट्सम्यान मैत्री मानिन्छ ।

करिब ३३ हजार दर्शक क्षमताको यो मैदान भारतका सबैभन्दा चर्चित क्रिकेट मैदान मध्ये पर्छ ।

सन् २०११ को एकदिवसीय विश्वकप फाइनल यही मैदानमा जित्दै भारत विश्व च्याम्पियन बनेको थियो । त्यसयता पनि अन्तर्राष्ट्रिय क्रिकेटमा वान्खेड़ेको पहिचान हाइ स्कोरि स्कोरिङ मैदानका रूपमा स्थापित छ ।