सत्तामै बस्न ‘मध्यमार्गी’ बन्दै एकीकृत समाजवादी, एमसीसी टेबुल गर्न दिने निर्णय

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले संसद्‌मा दर्ता भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ ।

स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर संसद्‌मा छलफलका लागि टेबुल गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भएपछि नेकपा (एस)ले गठबन्धन जोगाउनको लागि भन्दै मध्यमार्गी बाटो लिएको हो ।

यसअघि माओवादी केन्द्र र नेकपा (एस)ले संसद्‌मा टेबुल गर्न नदिने अडान लिएका थिए । नेकपा (एस)ले खुलस्त एमसीसीको पक्ष लिन सकेको छैन भने, विपक्षमा समेत

स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे १६ बुँदे व्याख्या गर्दै अन्तिममा टेबुल गर्न दिने निष्कर्ष सुनाउनुभएको थियो ।