लागूऔषधसहित एक जना पक्राउ

सुर्खेत । गैरकानुनी लागूऔषधसहित सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार वीरेन्द्रनगर नागरपालिका–९ लाटीकोइलीबाट जाजरकाेटकाे जुनिचाँदे गाउँपालिका–९ का १९ वर्षीय खेमराज शाहीलाई पक्राउ गरिएको हो ।

विषेश सुचनाका आधारमा शाहीलाई शंकास्पद रुपमा फेलापारी खालतलासी गर्दा खेमराजको साथबाट २० मिलिग्राम लागूऔषध (ब्राउनसुगर) जस्तो धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

हाल यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।