f मन्त्रीले आफ्नो श्रीमतिलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्त गरेपछि आलोचना बढ्दै विवादपछि आयो यस्तो स्पष्टीकरण

मन्त्रीले आफ्नो श्रीमतिलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्त गरेपछि आलोचना बढ्दै विवादपछि आयो यस्तो स्पष्टीकरण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी श्रीमति जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिएको विषयले आलोचना बढाउन थालेको छ ।


आफन्तवाद (नेपोटिज्म) को विरुद्धमा राजनीतिक परिवर्तन हुँदा पनि फेरि पुरानै शैली अपाइएको भन्दै सामाजिक सञ्जाललगायतका क्षेत्रमा आलोचना हुन थालेको हो । आलोचना हुन थालेपछि श्रेष्ठले प्रष्टीकरण दिनुभएको छ ।
मन्त्री पत्नी जुनुले आज बिहान फेसबुक स्ट्याटसमा स्पष्टीकरण दिँदै बीमा बोर्डमा मनोनयनसम्बन्धी कुनै पनि पत्र आफूले नबुझेको बताउनुभएको छ ।
यसअघि पनि बोर्डमा रहेकी जुनु लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा पर्नुभएको थियो ।
निलम्बनमा पर्नुभएको जुनु साह श्रेष्ठलाई पुनः सोही पदमा नियुक्त गरेपछि रास्वपाले उठाएको परिवारवाद र मेरिटको कुरामाथि प्रश्न उठेको छ ।