सुनचाँदीको भाउ आज घट्यो

काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा चार सय र चाँदी ३० रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलाको १ लाख १२ हजार २ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी आज तोलाको १ हजार ४ सय रुपैयाँमा तोकिएको छ । हिजो तोलामा १ हजार ४ सय ३० रुपैयाँ थियो ।