कर्णालीमा ६ लाख २१ हजार ६८४ जनालाई खोप लगाइँदै

बालबालिकालाई टाइफाइड विरुद्धको खोप आजदेखि लगाइँदै

सुर्खेत । १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप आज देखि लगाइँदै छ । कर्णाली प्रदेशमा ६ लाख २१ हजार ६८४ जना बालबालिकालाई खोप लगाइने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।


आगामी वैशाख १८ गतेसम्म हुने अभियानमा देशभर १५ महिनादेखि १५ वर्षमुनिका ७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको हो । खोप अभियानका लागि देशभर ५० हजार केन्द्रबाट खोप दिने तयारी गरिएको छ ।
विद्यालयमै समेत खोपकेन्द्र राखिएको छ ।