
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओेली र पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकलाई रिहा गरिएको छ ।

सर्वोच्चको आदेशअनुसार दुबै जनालाई आज छोडिएको हो । जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरिएको थियो । तर मुद्दा दायर गर्ने आधार र प्रमाण पर्याप्त नभएकाले छोडिएको महान्यायाधीवक्ता कार्यालयले बताएको छ ।
सर्वोच्च अदालतले उनीहरूविरूद्ध मुद्दा दायर गर्न वा २६ गतेसम्ममा छोड्न आदेश दिएको थियो । प्रहरी र महान्यायाधीवक्ता कार्यालयबीच मुद्दा दायर नगर्ने सहमति जुटेको जनाइएको छ ।
हिरासत मुक्त गरिए पनि ओलीको पत्थरीको शल्यक्रिया हुने भएकोले अस्पतालमै राखिएको छ ।




खबर बजार । २६ चैत्र २०८२, बिहीबार ११:५३