काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन गर्न ८ अर्ब १४ करोड रुपैयाँ बजेट सरकारसँग माग गरेको छ । आउँदो वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।
यस पटक माग गरिएको रकम गत निर्वाचनमा भन्दा करिब ८१ करोड बढी बढी हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायतासमेत गरी ८ अर्ब १४ करोड खर्च भएको थियो ।
पाँच वर्षमा भएको मुल्यबृद्धि, करिब ३८ लाख मतदाता थप हुनु, कर्मचारीको तलबमा भएको बृद्धिलगायत कारण निर्वाचन खर्च बढ्ने देखिएको आयोगले बताएको छ ।
खबर बजार । १० फाल्गुन २०७८, मंगलवार १७:४६