मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २३ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

सुर्खेतको पञ्चपुरीमा माओवादी र नेकपा एसले बाँडे वडा, कांग्रेस(एमाले सिंगल भिड्ने

१ मिनेट पढाइ
०साझा

kuse inside

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र नेकपा एसबीच चुनावी तालमेल हुने भएको छ । जसअनुसार उनीहरुले वडाको भागबण्डा पनि मिलाएका छन् । यहाँ नेपाली कांग्रेस र एमाले एक्लाएक्लै चुनाव भिड्दैछन् ।

Dailekhi urja

यहाँ नेकपा माओवादीबाट नगरप्रमुखमा केशव शाही, उपमेयरमा समाजवादीका कविता सोडारी चुनाव भिड्दैछन् ।

शाहीका अनुसार यहाँ वडा नम्बर १, ६, ८, ९, १० र ११ को वडाध्यक्ष माओवादीको भागमा परेको भने २, ४, ५ र ७ नम्बर वडा नेकपा एसले पाएको छ ।

वडा नम्बर ३ मा भने दुर्इ दलबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

nepalgunj