
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आजका लागि बोलाएको छ ।

बुधबार दिउँसो १ बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले बैठक बोलाउनुभएकाे संसदीय दलको कार्यालयले जनाएकाे हाे । बैठकमा समसामयिक राजनीति का बारेमा छलफल हुने भएकाे छ ।
त्यस्तै, सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुम्बासीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा पनि छलफल हुने कार्यालयले जनाएकाे हाे ।




खबर बजार । २३ बैशाख २०८३, बुधबार ०८:०७