गल्फुटारमा पूर्णबहादुरलाई गगनको प्रस्ताव के ? 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको वृहत्तर एकताका लागि भन्दै पार्टीका तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद गर्नुभएको छ र

थापाले आज साँझ निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग संवाद गर्नुभएको हो । थापा खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुग्नुभएको थियोे ।

पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेटेको सभापति थापाले बताउनुभयो ।

सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताउनुभएको छ ।

पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेसी नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।