श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती नेतृत्वको टीमबीच एकता हुँदै 

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती नेतृत्वको समूहबीच आज एकताको घोषणा हुने भएको छ ।

एकतापूर्व सहमतिको छलफल

अध्यक्ष हर्क र सुदनबीच विभिन्न चरणमा भएको छलफलले एकताको रुप लिएको हो । सहमति अनुसार सुदनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइने भएकाे छ ।

एकताकाे बारेमा शुक्रबार दिउँसो ३ बजे बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन गरी जानकारी गराइने छ ।

उनीहरुबीच वैचारिक र सैद्धान्तिक विषयमा भने छलफल जारी रहेको जनाएकाे छ।

पूर्व माओवादी नेता समेत रहेका किराती नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गर्नुभएकाे थियाे ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि उहाँले प्रलोपाको साधारण सदस्यता समेत त्याग्नुभएकाे थियाे ।