

काठमाडौं । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ ।
बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा एमसीसीलगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
कर्णका अनुसार आजको बैठकले एमसीसीबारे पार्टीको ठोस धारणा सार्वजनिक गर्नेछ । लोसपाको संसदीय दल १३ सदस्यीय छ ।
एमसीसी सम्झौता सदनमा पेस भइसकेको अवस्थामा राजनीतिक दलका गतिविधि, छलफल र बैठकलाई महत्वका साथ हेरिँदै आएको छ ।

खबर बजार । ११ फाल्गुन २०७८, बुधबार ११:०९