कर्णालीमा पेट्रोल अभाव भोलीबाट मात्रै सहज हुने

सुर्खेत । कर्णाली प्रदेशमा देखिएको पेट्रोल अभाव भोलीबाट मात्रै सहज हुने भएको छ । तेल भरेर नेपाल आउँदै गरेका ट्यांकरहरुलाई भारतीय कस्टमले रुपैडियामा रोकेपछि सुर्खेतमा पेट्रोल अभाव चुलिएको हो । तर नेपाल आयल निगम इन्धन डिपो कार्यालय नेपालगञ्जका प्रमुख दिपकप्रसाद घिमिरेले भारतीय आयल कर्पोरेशनले एक्जीम कोड मागेकाले तेल आपूर्ती रोकिएको बताउनुभयो ।

‘भन्सारबाट तेल बोकेको ट्यांकरहरु सबै रुपैडियामा छन्, कोड बनाएर पठाइएकाले भित्र्याउने कार्य भइरहेको छ,’ घिमिरेले भन्नुभयो, ‘सोमबारसम्म तेल आपूर्तीलाई सहज बनाउनेगरी काम भइरहेको छ ।’ नेपाल आउने क्रममा रहेका तेल बोकेका गाडीहरु कोड मागेका कारण आज भारतमै रहेपनि कर्णाली र लुम्विनी प्रदेशका सबै जिल्लामा भोलीदेखी पेट्रोलको सहज उपलव्धता हुने उहाँ बताउँनुहुन्छ ।