काठमाडौं । प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) लाई भोलि छलफलमा लगिने भएको छ ।
भोलिको सदनमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ ।
फागुन ८ गते एमसीसी सदनमा टेबल भएको थियो । अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला अर्थमन्त्री जनार्दन शर्मा उपस्थित हुनुभएन । भोलिको बैककमा पनि अर्थमन्त्रीले नै पेस गर्ने कार्यसूची बनाइएको छ ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले भोलि नै कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाउनुभएको छ । एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे बैठकमा छलफल हुनेछ ।
खबर बजार । ११ फाल्गुन २०७८, बुधबार १६:१६