अनेरास्ववियु जाजरकोटको अध्यक्षमा भारती चयन

सुर्खेत । नेकपा (एमाले) निकट अनेरास्ववियु जाजरकोटको अध्यक्षमा विवश भारती चयन हुनुभएको छ ।

अनेरास्ववियु बाह्रौं जिल्ला अधिवेशनबाट भारतीको अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा प्रकाशमान सिंह, सचिवमा महेन्द्र आचार्य, सहसचिवमा योगेन्द्र शाही चयन भएका छन् ।

त्यस्तै सहसचिवमा गणेश सिंह, रामु सिंह र छवि राना तथा कोषाध्यक्षमा सम्झाना थापा चयन भएको अनेरास्ववियु जाजरकोटले जनाएको छ ।