क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का निर्वाचित हुनु भएको छ । आज काठमाण्डौमा भएको चुनावमा प्रशान्तविक्रम मल्ललाई हराउँदै पारस विजयी हुनु भएको हो ।

आज भएको चुनावमा कुल ८४ मतदातामध्ये ८४ मत नै खसेको थियो । विजयी हुन ४३ मत आवश्यक थियो । खड्काले ४८ मत ल्याउँदा मल्ललाई ३७ मत आएको हो । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द बिहानै निर्विरोध निर्वाचित हुनु भएको छ ।

चन्दको विरुद्धमा कुनैपनि उम्मेद्धवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँ तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । अध्यक्षका अर्का प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध हुनु भएको हो ।

यस्तै उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्ष पदम खड्का र महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् । क्यान नयाँ कार्यसमिति १७ सदस्यीय बन्नेछ ।