

काठमाडौं । संसदको अवरोध खुलाउन आफूले राखेका शर्त समाधान गर्न नेपाली काँग्रेस सकारात्मक भएपछि नेकपा (एमाले) आन्तरिक छलफलमा जुटेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले राखेका अडानमा सत्ताधारी दल कांग्रेस लचक भएपछि दुई पार्टीबीचको वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन् ।
कांग्रेस र एमालेबीच भोलि शुक्रबार विहान पुनः छलफल हुँदैछ ।
थप रणनीति बनाउन एमाले नेताहरुसँग अध्यक्ष केपी ओलीले छलफल थाल्नुभएको छ ।
वार्तामा सहभागी एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सदनमा एमालेको सहभागिताका सन्दर्भमा आफूहरुले उठाएका मागप्रति प्रधानमन्त्री सकारात्मक बने पनि निष्कर्षमा नपुगिएको बताउनुभयो ।

खबर बजार । १२ फाल्गुन २०७८, बिहीबार २१:५६