f कांग्रेसले सरकारी राहत काेषमा १ कराेड जम्मा गर्ने

कांग्रेसले सरकारी राहत काेषमा १ कराेड जम्मा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकाेप उद्धार कोषमा १ कराेड रुपैयाँ जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरकाे सानेपामा आज बसेको बैठकले प्रधानमन्त्री राहत काेषमा १ कराेड रुपैयाँ जम्मा गर्ने निर्णय गरेकाे हो ।

काँग्रेस प्रवक्ता देवराज चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन पालिकालाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्‍याउन आग्रह गर्नुभयो ।

उहाँले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेका समयमा बाढीबाट पीडित हुन पुगेको बताउँदै तिनको पनि खोजी र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।