f कर्णाली र सुदूरपश्चिमका केही पहाडी भु-भागमा धेरै ठूलो वर्षा हुने 

कर्णाली र सुदूरपश्चिमका केही पहाडी भु-भागमा धेरै ठूलो वर्षा हुने 

सुर्खेत । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा धेरै ठूलो वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले उच्च सतर्कता अपनाउन सुझाव समेत दिएको छ ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना कामयै छ ।

देशका हिमाली तथा पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँमा तथा मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

राति कोशी प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । ठूलो वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न, पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न र सडक तथा यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

विशेषगरी उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन महाशाखाको आग्रह छ ।