f नवनियुक्त उद्योग मन्त्रीद्वारा पदभार ग्रहण, यस्तो छ, प्रतिवद्धता... 

नवनियुक्त उद्योग मन्त्रीद्वारा पदभार ग्रहण, यस्तो छ, प्रतिवद्धता… 

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएपछि जिम्मेवारी समेत ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनसरी क्षेत्र नम्बर ४ मा निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

पदभार ग्रहण गर्दै उहाँले प्रचलित कानुनअनुसार मन्त्रालयको काम गर्ने बताउनुभयो ।