

सुर्खेत । नेकपा (एमाले) जिल्ला कमिटी हुम्लाको अध्यक्षमा कलबहादुर हमाल निर्वाचित हुनुभएको छ ।
फागनु ९ गते उद्घाटन गरी सुरु भएको अधिवेशनबाट हमालको अध्यक्षतामा जिल्ला कमिटी गठज गरिएको हो । हमाल एमाले प्रदेश कमिटिका सदस्य समेत हुनुहुन्छ ।
जिल्ला कमिटीको उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहोरा र विमला शाही निर्वाचित भएका छन् ।
विधानअनुसार ९० सदस्यीय जिल्ला कमिटि घोषणा गर्नुपर्नेमा समायोजन भन्दै १ सय २१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । हिमाली जिल्ला हुम्लामा हिमपातको कारण केन्द्रबाट निर्धारण गरिएको मितिमा अधिवेशन रोकिएको थियोे ।

खबर बजार । १४ फाल्गुन २०७८, शनिबार ०९:१३