
दैलेख । दैलेख जिल्लाका धेरैजसो गाउँ गाउँ सम्म सडक पूर्वाधारको व्यापक विकास भए पनि स्तरोन्नति तर्फ प्राथमिकता पाएका छैनन् ।
२०७४ देखि २०७९ को बीचमा निर्माण शुरू गरिएका तथा स्तरोन्नतिको थालिएका सडकहरू पछिल्लो समय थोरैमात्र निरन्तर सुधारको चरणमा रहेका भए पनि धेरैजसो अहिले खास प्राथमिकतामा पर्न नसकेका स्थानीय नागरिकहरुले गुनासो गरेका हुन् ।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ का ६ वटा स्थानीय तहमा सडक पूर्वाधार विकासको कार्य सबैभन्दा धेरै २०७४ सालदेखि २०७९ सम्म भएका देखिन्छ ।
प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)को तर्फबाट प्रत्येक्ष तर्फ रविन्द्रराज शर्मा र समानुपातिबाट पार्वती विसुन्के विजयी भएपछि निर्माण शुरू भएका र सुधारको काम गरिएका सडकलाई अहिलेका साँसद्हरुले प्राथमिकता नदिएका गुराँस गाउँपालिका, ८ नम्बर वडा निवासी कर्णबहादुर डाङ्गीले गुनासो गर्नुभयो ।
सो समयावधिमा कतिपय संघीय बजेट लगानीमा त कतिपय कर्णाली प्रदेश सरकारमा गरिएको पहलको आधारमा स्थानीयलाई जिम्मेवार बनाई कार्यान्वयन गरिएका थिए । २०७४ मा दैलेख १ भित्र पर्ने ६ वटा स्थानीय तह (नारायण नगरपालिका तथा गाउँपालिकाहरूः गुराँस, डुङ्गेश्वर, भगवतिमाई, नौमुले र महाबु) मध्ये गुराँस, डुङ्गेश्वर र नौमुले गाउँपालिकाबाहेक सबै स्थानीय तहमा एमालेले जितेको थियो ।
स्थानीय तहदेखि माथि सम्म नै एउटै पार्टीको प्रतिनिधित्व हुँदा काम गर्न समेत त्यो समयमा सहज भएको अनुभव सुनाउँदै प्रतिनिधि सभा पूर्वसदस्य शर्माले आगामी कार्यकालमा पहिला शुरु गरिएका सडक पूर्वाधारहरुलाई पूर्णता दिने काम प्राथमिकतामा रहने बताउनुभएको छ ।
एमाले साँसद्ले प्राथमिकता दिएका यी दैलेख-१ का यी ३४ सडक, जो स्तरोन्नति पर्खिरहेका छन्…
(१) नेपालगञ्ज-सुर्खेत-दैलेखबजार-महाबु लेक-कालिकोट-मुगु-लाक्चेनाग्ला त्रिदेशीय सडकको प्याकेजमा सूचिकृत (२०७५/७६ को संघीय बजेट रू. ६० करोड)
(२) माथिल्लो डुङ्गेश्वर-धरमपोखरा सडकलाई रणनीतिक सडकको रुपमा स्तरोन्नतिको कार्य शुरुवात (२०७६/०७७ को संघीय बजेटमा रू. ४२ करोड)
(३) मध्यपहाडि लोकमार्गको सिमडा-किमुगाउँ-दैलेख बजार-जहारकोट-छामघाट खण्डको पहल र समस्या समाधान (४) दैलेख बजार-गैंडाबाझ सडक
(५) बेस्तडा-कट्टी-शनिगाउँ-बुरुसे-धरमपोखरा सडक
(६) माथिल्लो डुङ्गेश्वर-पराजुल-मर्खे-धरमपोखरा सडक
(७) चुप्रा जर्सीचौक-देउली-उम-वडाभैरव-चिपिन-बाँसेथुवा-मनघर सडक
(८) चुँदरीकुना-जुफ्याँ-काँडा-मलु-पैती सडक
(९) खोप-रुम-देउली सडक
(१०) सानतडा-घुम्ने सडक
(११) सानतडा-मेहेलतोली-पुकयाँ-ढाँडगाउँ सडक
(१२) दैलेख बजार-नौमुले सडक
(१३) हुलाक टाकुरा-कुम्री-पगनाथ-रुम सडक
(१४) दैलेख बजार-बिजौरा-चौराठा सडक
(१५) चौराठा-भलायडाँडा-बाड्टार सडक
(१६) नौमुले-सल्लेरी-पैती सडक
(१७) चिसापानी-नौगाउँ-सल्लेरी सडक
(१८) नौमुले-कालिका-जुनिचाँदे सडक
(१९) नौमुले-भुरुङे- द्वारी झरना सडक
(२०) नौमुले-रापट-नौफेरी-भावरशैन सडक
(२१) गणेशस्थान-पञ्चदेवल-कालिमाटी सडक
(२२) झुप्रेसाल-तर्ताङ्-किमुगाउँ-विजौरा-खुर्सानीबारी चक्रपथ
(२३) कल्यालचौक-लुछिकाँडा-देवलकाँडा-भुर्ती-दैलेख बजार सडक
(२४) एकान्तकुना-गाँडापानी-जहारकोट-बालीसेरा-डुङ्ग्री-ऐराडी-बाँसी-गीताचौर-काँशिकाँध सडक
(२५) दैलेख बजार-कुइकाना-शीरस्थान सडक
(२६) तर्ताङ्-हाडासैनी-सिमडा सडक
(२७) चुप्रा-सिमडा सडक
(२८) कट्टीखोला-खोर-खगेना-तौलुम सडक
(२९) दैलेख बजार-कुशाडा-शिरस्थान सडक
(३०) मोहोरा-डुङ्ग्री-खरीगैरा-गैँडाबाज सडक
(३१) खरीगैरा-मान्म-रिठ्ठा-बाँसी सडक
(३२) गैँडाबाज-मुखियाडाँडा-काप्रिखोला-काँशिकाँध सडक
(३३) गैँडाबाज-रानीवन-एकपाटे-उत्तिसेनी-टाकुरी-काँशिकाँध-गोत्री सडक
(३४) दारागाडे-जलजले-रिठ्ठा-ऐराडी-बाँसी-गीताचौर




खबर बजार । ९ माघ २०८२, शुक्रबार १७:११