मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

गृहमन्त्री खाणविरुद्ध बहुविवाह गरेको भन्दै मुख्य विर्वाचन अधिकृतको कार्यालयमा उजुरी

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणविरुद्ध बहुविवाह गरेको भन्दै मुख्य विर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार खाणकाे उम्मेदवारी खारेजीकाे माग गर्दै बिहीबार उजुरी दर्ता भएको हो ।यसअघि निर्वाचन आयोगमा दर्ता भएको र सम्बन्धित क्षेत्रमा आएर उजुरी दर्ता गरिएको अधिवक्ता तारा बरालले बताउनु भयो । उहाँले भन्नु भयो, ‘खाण बहुविवाहमा संलग्न रहेकाले प्रमाण पाइएकाले उजुरी दर्ता गरिएको हो, खाणले गृहमन्त्री हुँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण, काठमाडौंमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’ठूला तथा सम्पत्तिवालाविरुद्धको मुद्दा तामेलीमा र सर्वसाधारणलाई जेलमा कोच्न नपाइने उहाँले बताउनु भयो। निर्वाचन आयुक्तले सम्बन्धित जिल्लामा दर्ता गरेपछि प्रक्रिया अगाडि बढाइने भनेकाले रुपन्देही क्षेत्र नम्बर ३ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको उहाँको भनाइ छ ।

Dailekhi urja
nepalgunj