f कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदैछ । १५औँ महाधिवेशन आजदेखि शुरु भई यही असोज २२ गतेसम्म चल्ने छ ।

महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत ७ हजारभन्दा धेरै प्रतिनिधिले भाग लिँदैछन् ।

आज दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन तथा भोलिदेखि बन्दसत्र हुनेछ । बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि दुई हजार ५०० प्रतिनिधि अट्न मिल्नेगरी छुट्टाछुट्टै तीनवटा हलको व्यवस्था गरिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रविधिमैत्री हुने तथा अन्य तामझाम नहुने जानकारी दिनुभयो । महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले बताउनुभएको छ ।

तर देउवा समूहले आउँदो मङ्सिरमा काठमाण्डौमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अगाडी बढाएको छ ।