मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

संसद् बैठकअघि मन्त्रिपरिषद्को बैठक बस्ने

१ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधि सभाको बैठकभन्दा पहिला नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

फाइल तस्बिर

अमेरिकी सहयोग सम्बन्धि परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्न मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको हो ।

सम्झौताको ब्याख्यात्मक टिप्पणीलाई मन्त्रिपरिषद्‌बाट पारित गरी संसदमा लैजाने तयारीमा सरकार रहेको छ । मन्त्रिपरिषद बैठक दिउसो ३ बस्ने तोकिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो ।