सुर्खेत । संसदबाट एमसीसी सम्झौता पारित भएको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा परेको छ ।
लामो दूरीका सवारी साधन नचले पनि अन्य सवारी साधन सडकमा नियमितझैं छिटफुट रुपमा चलेका छन् । बजार–पसल पनि थोरैमात्रामा खुलेका छन् । प्रायः शैक्षिक संस्थाहरु भने त्रासका कारण खुल्न सकेका छैनन् ।
बन्द आह्वान गर्नेमा तेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको (देशभक्त जनगणतान्त्रिक मोर्चा), ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् ।
खबर बजार । १६ फाल्गुन २०७८, सोमबार ०८:२८