जसपाले पनि विधान महाधिवेशन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पनि विधान महाधिवेशन गर्ने भएको छ ।

पार्टीको विधान कस्तो हुने भन्नेबारेमा कार्यकर्तास्तरबाटै फैसला गर्नलाई भन्दै २०७९ सालको असार १ र २ गतेका लागि जसपाको विधान अधिवेशन पनि आह्वान गरिएको हो ।

त्यसअघि पार्टीका विभिन्न संयन्त्रहरूको बैठक बोलाइएको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको जारी बैठकले यही फागुन २८ गते संधीय परिषद तथा २९ र ३० गते केन्द्रीय समितिको बैठक आह्वान गरेको हो ।

केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा संघीय परिषद् बैठक, केन्द्रीय समिति र विधान अधिवेशनको मिति तय भएको उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्तिः