एमाले दैलेखकाे सातौँ जिल्ला अधिवेशन चैत १ र २ मा

दैलेख । नेकपा (एमाले) दैलेखको सातौँ जिल्ला अधिवेशन चैतकाे १ र २ गते हुने भएको छ ।

जिल्ला कमिटीको बैठक

अधिवेशनमा केही मत फर्जी भेटिएपछि विवाद भई सो निर्वाचन प्रक्रिया खारेज भएकोमा आज बसेकाे जिल्ला कमिटी बैठकले चैत १ र २ गते अधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

अधिवेशनअन्तर्गत पुस २३ गते भएका सबै निर्वाचन प्रक्रिया खारेज भएसँगै अब नयाँ प्रक्रिया सुरु भएको छ ।

सअघिको निर्वाचन मण्डलले गरेका सबै निर्णय खारेज भएका छन् । एमाले दैलेखका अनुसार अब यसअघि सर्वसम्मत निर्वाचित भएकाहरुसमेत फेरि नयाँ प्रक्रियाद्वारा चयन हुनुपर्ने देखिएको छ ।

जिल्ला अध्यक्ष पदका लागि यसअघि रविन्द्रराज शर्मा र सुर्यबहादुर शाहीबीच प्रतिस्पर्धा भएको थियो । तर मतदान पश्चात मतदाता भन्दा बढी मत भेटिएपछि अधिवेशन स्थगित भएको हो ।