सुर्खेत । प्रदेश सम्मेलन गरेको लामो समय सम्म पनि कुरो मिल्न नसकेको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को आगमनपछि मात्र पूर्णता पाएको छ ।
पार्टी अध्यक्ष प्रचण्ड आएको मौका पारेर बसेको माओवादी केन्द्र प्रदेश कमिटीको बैठकले पदाधिकारी चयन गर्दै पूर्णता पाएको हो । प्रदेश अध्यक्षमा विमला विमला केसी यस अघि नै चयन भए पनि अन्यलाई सदस्यमा राखेर बाँकी जिम्मेवारी बैठकबाट दिने घोषणा गरिएको थियो ।
दोस्रो बैठकबाट प्रदेश कमिटी उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट), सहसचिव वीरबहादुर कुँवर (जुम्ला), सहसचिव लालकेश जैसी (हुम्ला), सहसचिव विर्खबहादुर थापा (मुगु) र कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा)लाई चयन गरिएको छ ।
खबर बजार । २७ फाल्गुन २०७८, शुक्रबार २०:५५