निष्कासित सांसदको रिटमा सर्वोच्चको आदेश: ‘पूर्ण सुनुवाईका लागि पेश गर्नू’

काठमाडौं । नेकपा (एमाले) ले निष्कासन गरेका साँसद् सभामुखले पदमुक्त नगरेको भन्दै अध्यक्ष केपी ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश भएको छ ।

न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले मुद्दालाई अब फैसलाको लागि पूर्ण सुनुवाई हुने आदेश दिएको हो ।

रिट दायर भएको करीब ७ महिनापछि सर्वोच्चले यस्तो आदेश दिएको हो । एमालेले हटाएका प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले नहटाउदा रिट परेको हो ।

ओलीले अन्तरिम आदेश माग गरेपनि पटक पटक सुनुवाईका लागि पेशी तोकिदै मुद्दा धकेलिदै आएको थियोे ।