नेपालको जनसंख्या सार्वजनिक, जम्मा जनसंख्या २ करोड ९१ लाखभन्दा धेरै

काठमाडौं । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागको अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

यसैबीच, अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

जनघनत्व १९८ जना प्रति वर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।