मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

ट्रक पल्टिई घरमा ठोक्किंदा ३ जनाको मृत्यु, ५ जना घाइते

१ मिनेट पढाइ
०साझा

kuse inside

तनहुँ । तनहुँमा ट्रक पल्टिई घरमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

आज बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा जिल्ला तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।

Dailekhi urja

दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुस भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।

५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

nepalgunj