दैलेख । नेकपा (एमाले) दैलेखको सातौँ जिल्ला अधिवेशन आजदेखि हुने भएको छ ।
अधिवेशनमा केही मत फर्जी भेटिएपछि विवाद भई सो निर्वाचन प्रक्रिया खारेज भएकोमा पुन: आजदेखि अधिवेशन गरिने भएको हो ।
अधिवेशनअन्तर्गत पुस २३ गते भएका सबै निर्वाचन प्रक्रिया खारेज भएसँगै अब नयाँ प्रक्रिया सुरु भएको छ ।
यसअघि सर्वसम्मत निर्वाचित भएकाहरुसमेत फेरि नयाँ प्रक्रियाद्वारा चयन हुनुपर्ने देखिएको छ ।
जिल्ला अध्यक्ष पदका लागि यसअघि रविन्द्रराज शर्मा र सुर्यबहादुर शाहीबीच प्रतिस्पर्धा भएको थियो । तर मतदान पश्चात मतदाता भन्दा बढी मत भेटिएपछि अधिवेशन स्थगित भएको हो ।
अध्यक्षका दुबै जना उम्मेद्वारले सहमतिमा जोड दिने तर सहमति नभए सौहार्दपूर्ण वातावरणमा निर्वाचनमा सहभागी हुने बताएका छन् ।
खबर बजार । १ चैत्र २०७८, मंगलवार ०९:२०