

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गर्नु भएको छ ।
एमाले पार्टी निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गर्नु भएको हो ।
‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ’, अोलीले भन्नुभयो, ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कम्युनिस्टका नाममा रहेका पार्टीहरूको नामप्रति पनि कटाक्ष गर्नुभयो । नाम मात्रै राख्दैमा सबै कम्युनिस्ट नहुने उहाँले उल्लेख गर्नुभयो । कम्युनिस्ट पार्टीको दुईतिहाइको सरकार ढाल्नेहरू कम्युनिस्ट हुन नसक्ने उहाँको टिप्पणी छ ।
कम्युनिस्ट सरकार ढाल्ने पनि कम्युनिस्ट ? दुई तिहाइ नजिक पुगेको पार्टीलाई चोइट्याउने त्यस्ता कम्युनिस्ट हुन्छन् ? भ्रम राख्नुहुन्न’ ओलीले भन्नुभयो । उहाँले ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको दावी गर्नुभयो ।

खबर बजार । १ चैत्र २०७८, मंगलवार १६:०६